वन्यजन्तुमा पुष्टि भयो कोरोना भाइरसको संक्रमण

वन्यजन्तुमा पुष्टि भयो कोरोना भाइरसको संक्रमण

वन्यजन्तुमा कोरोना भाइरसको संक्रमण भएको घटना अमेरिकामा पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले सोमबार मिंक नामक स्तनधारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

अमेरिकामा घरमा पालिएका १५ हजार भन्दा धेरै मिंक गएको अगस्ट यता मरेका छन् । यसले मिंकमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने आशंका थप बढाएको छ ।

गएको महिना डेमार्कले पालिएका एक करोड ७० लाख भन्दा धेरै मिंक नष्ट गर्ने योजना सार्वजनिक गरेको थियो । मिंकमा रहेको कोरोना भाइरस मानिसमा सर्न सक्ने भय रहेको भन्दै नष्ट गर्ने योजना उसले ल्याएको हो ।

मिंकसँगै अरु विभिन्न वन्यजन्तुमा समेत कोरोना भाइरसको परीक्षण गरिएको थियो । तर अरु सबैमा रिपोर्ट नेगेटिभ आयोज अर्थात कोरोना भाइरसको संक्रमण देखिएन ।