एउटै मण्डपमा एकैसाथ दुई महिलासँग विवाह !

एउटै मण्डपमा एकैसाथ दुई महिलासँग विवाह !

एकै पटक एउटै मण्डपबाट पुरुषले दुई जना महिलासँग विवाह गरेका छन् । इन्डोनेसियाका एक पुरुषले एकै पटक दुई जना महिलासँग विवाह गरेर विश्वलाई नै चकित बनाएका छन् ।

पान्सेर नामका ति व्यक्तिले आफ्नी दुईवटा दुलहीसँग तस्वीर खिचाउँदै सामाजिक सञ्जालमा विवाहको कार्ड समेतको फोटो सार्वजनिक गरेका हुन् ।

जुन कार्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ति पुरुषले दुईवटा महिलासँग एकैसाथ विवाह गर्ने खबर सार्वजनिक गरेपछि त्यो रात कस्तो हुन्छ भनेर मानिसहरुले आँकलन गर्न थालेका छन् भने कतिपयले सामाजिक सञ्जालमा नै पुरुषको मजाक उडाएका छन् ।

इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट भए पनि एकसाथ एक पुरुषले दुई महिलासँग विवाह गरेको यो पहिलो पटक हो ।