आत्महत्या केसमा नयाँ मोड : भिजे चित्राका श्रीमान आत्महत्याको लागि उक्साएको आरोपमा पक्राउ

आत्महत्या केसमा नयाँ मोड : भिजे चित्राका श्रीमान आत्महत्याको लागि उक्साएको आरोपमा पक्राउ

तमिल अभिनेत्री भिजे चित्राको आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ ।

पहिला यसलाई पुलिसले आर्थिक समस्याका कारण आत्महत्या गरेको बताउँदै अनुसन्धान अगाडि बढाएको थियो । त्यस्तै अब यो मामिला आत्महत्याको लागि उक्साएको पाइएको छ । चित्राका पति हेमन्तलाई नजरथपेट चेन्नई पुलिसले पक्राउ गरेको छ ।

केहि पटकको शोधपुछ पछि पुलिसले उनलाई कस्टडीमा लिएको थियो । चित्राको मृत्युपछि उनकी आमाले हेमन्तामाथि प्रताडनाको आरोप लगाएकी थिइन् ।

रिपोर्ट्सका अनुसार चित्रा र हेमन्तले अरेन्ज म्यायिरज गरेका थिए । एक भारतीय पत्रिकाका अनुसार हेमन्त टिभी सिरियलमा चित्राको इन्टिमेन्ट सीनमा असन्तुष्ट थिए ।