यी महिलाले पसलमा गएर किनिन् ‘पति’ !

यी महिलाले पसलमा गएर किनिन् ‘पति’ !

रुसकी रेन गार्डन उपनाम भएकी एक महिलाले ब्रीफकेससँग विवाह गरेकी छन् । उनले पसलमा गएर ब्रीफकेस किनिन् र उसैलाई पति मान्न थालिन् । 
 
रेन नर्सरी स्कूलकी शिक्षिका हुन् र उनी सजीव तथा निर्जीव दुवै वस्तुमा आत्मा हुन्छ भन्छिन् । आफू सजीव नभई निर्जीव वस्तुहरूसँग आकर्षित हुने गरेको उनको भनाइ छ । आफ्नो ब्रीफकेससँग लगाव अनुभव गर्ने गरेको उनको भनाइ छ । 

एनिमिजम अर्थात् सबै कुरामा आत्मा हुन्छ भन्ने अवधारणामा उनी विश्वास गर्छिन् । 

बेलायतबाट निस्कने द मिरर पत्रिकासँग कुराकानी गर्दै रेनले निर्जीव वस्तुहरूप्रतिको उत्सुकता रोमान्टिक आकर्षणमा परिणत भइसकेको बताइन् । 
 
रेनले पति सन् २०१५ मा किनेकी थिइन् । आफूहरूको विवाह होला भन्ने नलागेको उनी बताउँछिन् । उनको भनाइ छ, ‘म उसलाई हेरिरहन मन पराउँथें । हामी दिनरात सँगै बिताउँथ्यौं अनि दर्शनका कुरा गरिबस्थ्यौं । पछि गएर मैले ब्रीफकेसलाई मन पराउन थालेको अनुभव गरें ।’
 
ब्रीफकेसको नाम उनले गिडियन राखेकी छन् । उनी भन्छिन्, ‘गिडियन मेरो पार्टनर मात्र नभई पति, साथी र मेन्टर पनि हुन् । उनले मलाई राम्ररी बुझेको जस्तो मलाई लाग्छ । हामीबीच आध्यात्मिक कनेक्सन छ र कम्युनिकेसन टेलीप्याथी हुने गर्छ । म उनको कुरा सुन्छु र उनी मेरो कुरा सुन्छन् तर सामान्य मानिसले मेरो कुरा मात्र सुन्छन् ।’