यी नायिकालाई लोग्नेले पिटी पिटी मर्न वाध्य पारे

यी नायिकालाई लोग्नेले पिटी पिटी मर्न वाध्य पारे

 तमिल नायिका एवं भिजे चित्राले आत्महत्या गरेको विषयले नयाँ मोड लिएको छ । उनको आत्महत्या नभएर हत्या भएको प्रहरीको आशंका छ । चेन्नई प्रहरीले घटनासंग जोडिएका उनका श्रीमान हेमन्तलाई पक्राउ गरेपछि घटनामा नयाँ ट्विष्ट आएको प्रहरीले जनाएको छ । प्रहरीले हेमन्तले नै चित्रालाई यातना दिएर मृत्यु रोज्न वाध्य पारेको आशंका गरेको छ ।

चित्राकी आमाले उनको मृत्यु हुनुमा हेमन्तले दिएको यातना मुख्य कारण भएको दावी गरेकी छिन् । उनकी आमाले भनेकि छिन् ‘हेमन्तले चित्रलाई यस्तरी पिटेका थिए । त्यहि पिटाई नै उनको मृत्युको कारण बन्यो ।’

एक भारतीय अनलाइनले लेखे अनुसार चित्रा र हेमन्तको अरेन्ज म्यारिज भएको थियो । चित्राले सिरियलमा दिएको इन्टिमेट सिनप्रति हेमन्त असन्तुष्ट थिए । सोही सिनका कारण उनीहरुविच मनमुटाब बढ्दै गएको थियो । बेला बेलामा विवाद पनि हुन्थ्यो ।

प्रहरी सहायक कमिश्नर सुदर्शनले पनि इन्टिमेट सिनकै कारण उनीहरुको सम्बन्धको दुरी बढेको जानकारी दिए । ‘जुन दिन चित्राको निधन भएको थियो त्यहि दिन हेमन्तले उनलाई पिटेका थिए ।’

चित्राको निधन भएको दिन चित्र र हेमन्त एउटै होटलमा थिए । जब राती चित्रा सुटिङ सकेर होटलमा आइन् । उनी आफ्नो रुम बन्द गरेर बसिन् । चित्राले कुनै प्रतिक्रिया नजनाएपछि हेमन्तले होटलका कर्मचारीलाई खबर गरे । नक्कली चाबी मगाएर चित्राको कोठा खोल्दा उनको मृत शरिर भेटिएको थियो । चित्राका आमा भन्छिन् ‘हेमन्तले मर्नेगरि पिटेपछि मेरी छोरीले आत्महत्याको बाटो रोजेकी थिइ ।’