आज तापक्रममा गिरावट आई चिसो बढ्ने, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध !

आज तापक्रममा गिरावट आई चिसो बढ्ने, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध !

नेपालको पश्चिमी तराई भू–भागका अधिकांश स्थानहरुमा शुक्रबार बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ । बाँकी तराई भू–भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ ।  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ ।

आज राति प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने  महाशाखाले  जानकारी दिएको छ।