तितेपातीको व्यवसायिक खेती

तितेपातीको व्यवसायिक खेती

भोजपुर । भोजपरमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यवसायीक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोग विहिन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेतीको सुरुवात गरिएको हो ।

अरुण गाउँपालिका–४ चरम्वी ¥याङका दुई युवा मिलेर तितेपातिको व्यवसायीक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग समेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनिहरुले बताएका छन् । उनिहरुले संखुवासभाबाट विरुवा ल्याएर करिव २ रोपनी क्षेत्रफलमा करिव ८ हजार तितेपातीको खेती सुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परिक्षणको रुपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए । तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रुपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा विक्री हुने उनको भनाइ छ ।

कृषक राईले भने, ‘हामीले गत भदौ महिनाबाट व्यवसायिक खेती शुरु गरेका छौँ, हामीले ८ हजार विरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु.५० देखि ६० रुपैयासम्ममा बिक्री हुन्छ ।’ डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको छ । बाँदर लगाएत अन्य बन्यजन्तुको कारण स्थानीय बसाई सर्दा धेरै जमिन बाँझिदै गएकोले तितेपातीको खेतीलाई विस्तार गर्न सके स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ । -राजधानी डेली