धनगढी । शैक्षिक नगरी धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसले पुस ५ गते आइतबार बाट पठनपाठन सञ्चालनमा ल्याउने भएको छ।
कैलाली बहुमुखी क्याम्पसले बिहीबार जारी गरेको सार्वजनिक सूचना अनुसार कक्षा १२ को पठनपाठन बिहान ११ बजेदेखि हुने भएको छ । भने स्नातकोत्तरतर्फका कक्षा दिउँसो र बिहानको समयमा पठनपाठन गराइने क्याम्पसले जनाएको छ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी कक्षा ११ को पठनपाठन पुस ८ देखि र स्नातक तह पहिलो वर्षका कक्षा पुस १२ देखि सञ्चालन गरिने क्याम्पसले प्रशासनले जनाएको छ।