ऋण निकालेर दोस्रो बिहे, चार दिनमै गहना लिएर दुलही टाप !

ऋण निकालेर दोस्रो बिहे, चार दिनमै गहना लिएर दुलही टाप !

एमपीको नीमच जिल्लाका एक अधवैंशेलाई ऋण निकालेर दोस्रो बिहे गर्नु महँगो सावित भयो । बिहे गरेको चार दिनमै उनकी दोस्री पत्नी नगद र गहना लिएर टाप कसिन् । 

दुलाहको उजुरीपछि महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४९ वर्षीय दुलीचन्द्रकी पहिलो पत्नीको रक्तश्रापका कारण मृत्यु भएको थियो । उनी विवाहका लागि चिन्तित थिए ।

जेठी पत्नी बितेको केही समयपछि उनको लालु र गोपाल नामका दुई व्यक्तिसँग सम्पर्क भयो र उनीहरुले एक युवतीसँग बिहे गराइदिने आश्वासन दिए । दुलीचन्द्रका अनुसार ऋण लिएर पूजा नामकी युवतीसँग उनले विवाह गरेका थिए । चार दिनसम्म त पूजा दलीचन्द्रकै साथ बसिन् ।

त्यसपछि भने पूजा घरमा सबै रकम र गहना लिएर भागिन् । दुलीचन्द्रले मनसा चौकीमा उजुरी गर्दै आफ्नो सबै गरगहना र नगद लिएर भागेको बताएका छन् । तर, प्रहरीले उनको उजुरीको कुनै सुनवाई गरेनन् । त्यसपछि उनी प्रमुख जिल्ला अधिकारीकहाँ पुगे । जहाँबाट उनलाई प्रहरी अधिक्षक मनोजकुमार सिंहसँग पठाइयो ।

त्यसपछि प्रहरीले महिलालाई पक्राउ गरि चोरिएको गरगहना र नगद फिर्ता गराएको छ ।