६ वर्षको बच्चाले चोर्‍यो १ करोडको घडी, बाउआमाले दिएका थिए चोर्ने तालिम

६ वर्षको बच्चाले चोर्‍यो १ करोडको घडी, बाउआमाले दिएका थिए चोर्ने तालिम

बाउआमाले आफ्ना छोराछोरीलाई राम्रा राम्रा संस्कार सिकाउँदछन् । चोरी गर्नु हुँदैन भनेर सिकाइन्छ आफ्ना बच्चालाई । तर बेलायतमा बस्ने एक दम्पतीले चाहिँ आफ्नो ६ वर्षको बच्चालाई चोर्ने तालीम दिएर यति खप्पिस चोर बनाए कि उसले १ करोड रुपैयाँभन्दा धेरै मूल्य पर्ने घडी चोरेको छ ।

रोमानियन नागरिक रहेका ३३ वर्षका इली पारा र मार्टा पारा ब्लोजले आफ्नो छोरालाई चोर्ने कला सिकाएर चोरीचकारीमा पोख्त बनाएसँगै उसले लण्डनस्थित ह्यारोड्स सुपर मार्केटबाट उक्त १८ क्यारेट सुनको बहुमुल्य घडी चोरेको हो । गमझबचक एष्नगभत च्यथब िइााकजयचभ इबप ब्राण्डको उक्त घडी गुलाबी सुनबाट बनेको हो ।

घडी पसलका स्टाफलाई चक्मा दिँदै त्यो बच्चाले करोडको घडी चोरेर त्यसको ठाउँमा नक्कली घडीसमेत राखिदियो ।

पारा दम्पती छोरालाई चोर्न लगाउनु अगाडि उक्त लग्जरी स्टोरमा गएका थिए । त्यसक्रममा उनीहरुले त्यो घडीको तस्वीर पनि खिचेका थिए । त्यसको ५ दिनपछि उनीहरु आफ्नो ६ वर्षको छोरालाई लिएर पुनः उक्त पसल गए । त्यसैबेला त्यो बच्चाले बाउआमाले सिकाए बमोजिम उक्त बहुमूल्य घडी चोरेको हो ।

चोरीका लागि उक्त दम्पतीले बालक छोरालाई पूर्णरुपमा तयार बनाएर पठाएका थिए । पसलका कर्मचारीलाई छक्याउँदै बच्चाले बहुमूल्य घडी चोरेर त्यसको ठाउँमा नक्कली घडी राखिदिएका कारण कर्मचारीहरुले तत्कालै चोरलाई पक्रिन पाएनन् । तर अर्को दिन मात्र उनीहरुले पसलबाट सक्कली घडी चोरी भएको र त्यसको ठाउँमा नक्कली घडी राखिएको पत्तो पाए । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे ।

करोडको घडी हात पार्न सफल भएको उक्त दम्पती घडी हात पारेसँगै रोमानिया फर्किने तयारीमा लागेको थियो । तर बेलायतबाट भाग्नु अगाडि नै पुलिसले उनीहरुलाई डोभर बन्दरगाहबाट पक्रिन सफल भयो ।

समाचार अनुसार उक्त चोरीको घटना गत सेप्टेम्बर १९ का दिन भएको हो ।

आफ्नो छ वर्षको छोरालाई चोरीडकैती गर्न सिकाएर करोडको माल चोरी गर्न लगाएको अभियोगमा अदालतले बच्चाको बाउचाहिँलाई १८ महिना र आमालाई ८ महिनाको जेल सजाय सुनाएको छ ।