बागथला विजगडा गनै सडकको भौतिक पुर्वाधार विकास मन्त्री बोहराद्धारा सिलान्यास

बागथला विजगडा गनै सडकको भौतिक पुर्वाधार विकास मन्त्री बोहराद्धारा सिलान्यास

बझाङको बागथला विजगडा गनै सडक कालोपत्रे हुने भएको छ । बहुवर्षीय योजना अन्तर्गत दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा उक्त सडक निर्माण हुन लागेको हो ।

केदारस्यु गाँउपालिकाको बागथला बाट बुङगल नगरपालिकाको गनै सम्म दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा २४ किलोमिटर सडक निर्माण हुन लागेको हो ।

शुक्रबार एक कार्यक्रमका विच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले सिलान्यास गर्नु भएको छ । 

सिलान्यास कार्र्यक्रममा बोल्दै मन्त्री बोहराले पहाडी जिल्लाहरुमा विकासका पुर्वाधार नभएका कारण बसाइ सर्नेको संख्या बढ्दै गएको अवस्थामा यस सडक आयोजनाले बसाईसराइ दरलाइ पनि कम गर्ने बताउनु भयो ।

जिल्लामा विकासका पुर्वाधार नभएका कारण पहाडी जिल्ला बाट तराईमा बसाई सर्नेक्रम बढेको र प्रदेश सरकारले पहाडी जिल्लाको पुर्वाधार विकासको विषयलाई गम्भीर रुपमा लिएको बताउनु भयो ।

अब विकासका पुर्वाधारको अभाव देखाउदै कसैले पनि बसाई सर्नु पर्ने अवस्था नआउने भन्दै उहाँले स्थानिय सरकारले पनि स्थानिय तहको विकासमा जोड दिनु पर्ने उल्लेख गर्नु भयो । 

प्रतिपक्ष दलले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको भन्ने निराधार आरोप लगाउदै खाएको र भ्रट्राचारकै विचमा पनि विकासको मुल फुटने भएकाले प्रदेश सरकार विकास निमार्ण र सुसासनको मामिलामा कहिल्यै पनि पछि नपर्ने जिकिर गरे ।

प्रतिपक्ष दलले सरकारको जनउत्तरदायी कामलाई देख्न नसकेको बताउदै मन्त्री बोहराले आफ्नो सरकारको पालामा विकास गर्न नसकेको काँग्रेसले समृद्धिको लक्ष्य र सरकारले गरेको जनउत्तरदायी कामको डाहा गरि रहेको आरोप समेत लगाए । 
बुङगल क्षेत्रमा आर्थिक विकास लागी प्रशस्त सम्भावना भएको भए पनी सडक संजालको पहुँच नहुदाँ ओझेलमा परेको र बागथला विजगडा गनै सडकको स्तरोन्ति संगै यस क्षेत्रले विकासमा पनि फडको मार्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकार जनताको विकास र यस क्षेत्रको विकासको लागी लागिपरेको पनी बताउनु भयो । निमार्ण कम्पनिले विभिन्न बहानामा काममा ढिलासुस्त ीगर्ने गरेको भन्दै मन्त्री बोहराले समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनिलाई निर्देशन दिनुभयो ।

सुदुरपश्चिम प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको ६६ करोडको लागतमा निमार्ण हुन लागेको उक्तm सडकको के.एस कन्स्ट्रक्सन प्रा.लि धनगडिले निमार्णको ठेक्का पाएको छ । गएको कार्तिक महिनामा निमार्णका लागी ठेक्का सम्झौता गरेको कम्पनिले २०७९ को असार मसान्तमा निमार्ण कार्य सम्पन्न गर्ने छ ।

निमार्ण कम्पनिका अनुसार बागथला विजगडा १५ किलोमिटर र विजगडा गनै अन्र्तगतको कफलसेरी सम्म ९ किलोमिटर सडकमा दुई ठाँउ बाट निमार्ण कार्य सुरु गरिने भएको छ ।

 दुई बर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरि २४ किलोमिटर सडकमा सडक चौडा गर्ने, सडकमा नाली, मेसिनरिवाल, कल्र्भट निमार्ण र सडक कालोपत्रे गरिने भएको छ । ८ मिटर चौडाइ रहने उक्त सडक स्तरोन्तिका लागी निमार्ण कार्यमा बाधा नभए सम्झौता बमोजिमकै समयमा निमार्ण कार्य सम्पन्न गरिने कम्पनिका प्रतिनिधि जित बहादुर तामाङले बताए ।

जिल्लाको पछाडि परेको बुंगल क्षेत्रको मुख्य सडक बागथला विजगडा गनै लेक हुदै दार्चुला सम्म जोडिने छ । अहिले जिल्लाका साइपाल गाउँपालिका बोहेक ११ ओटै स्थानिय तहका केन्द्र सम्म सडक संजालको पहुँच पुगेको छ । गाउँगाउँमा सडक संजाल जोडिएपछी नागरिकहहरुलाइ सहज भएको छ ।