मानिसले जस्तै दाम्पत्य जीवन बिताउने यो चरा, जोडी मध्ये एक मरेमा खोज्छ सँगै प्राण त्याग्न, नसके जीवनभर बस्छ एक्लै !

मानिसले जस्तै दाम्पत्य जीवन बिताउने यो चरा, जोडी मध्ये एक मरेमा खोज्छ सँगै प्राण त्याग्न, नसके जीवनभर बस्छ एक्लै !

सारस पक्षी हेर्दा जति सुन्दर छ त्यति नै प्रिय छ । उड्ने पक्षीमध्ये विश्वको सबैभन्दा ठुलो पक्षीको रुपमा चिनिएको छ । सारसले एकै जीवन साथीसँग पुरै जीवन बिताउने कारणले पनि आदर्श दाम्पत्यको प्रतीक पनि भनिन्छ ।

जोडी मध्ये एक मरेमा मरेको स्थानमा बसेर रुने गर्छन् । सकेसम्म सँगै प्राण त्याग्न खोज्छन् । यदि प्राण त्याग्न नसकेमा जीवनभर एक्लै घुम्दै बस्छन् ।

उनीहरु मनुसुनको आगमनको प्रतिक्षा गरेर बसेका हुन्छन् । वर्षा ऋतुको आगमनमा जोडी भएर प्रणय नृत्य पनि गर्छन् । प्राकृतिक आवास नष्ट तथा प्रदुषित हुदैँ जाँदा यीनीहरुको सख्यामा कमी आइरहेको छ ।