मोटरसाइकल दुर्घटनामा परी २ जना घाइते, थप उपचार कालागि कोहलपुर रेफर

मोटरसाइकल दुर्घटनामा परी २ जना घाइते, थप उपचार कालागि कोहलपुर रेफर

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन।

कैलालीको लम्कीचुहा नगरपालिका स्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा से ४ प ७८४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहितका २ जना घाइते भएका छन् । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा चालक जानकी गाउँपालिका–९ का ४३ वर्षीय मीनबहादुर भुल र पछाडी सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द भुल रहेको बताएको छ।

स्वास्थ्य अवस्था मध्यम रहेको घाइते दुवै जनालाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ।