सुमी र विजुलाई ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि

सुमी र विजुलाई ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि

काठमाडौं । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । दर्शकको सर्वाधिक भोट पाउँदै उनीहरुले उपाधी हात पारेका हुन् ।

फाइनल प्रतिस्पर्धा हिजो (शनिबार) सम्पन्न भएको थियो । पुरस्कार स्वरुप उनीहरुले रु २० लाख रुपैयाँ प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन् । त्यसैगरी शोको फस्ट रनरअप वुद्ध लामा र केविका गुरुङ बनेका छन् ।

त्यस्तै सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका हुन् । हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।