निसन्तान दम्पतीले बछेडोलाई बनाए छोरा, ५०० जनालाई भव्य भोज

निसन्तान दम्पतीले बछेडोलाई बनाए छोरा, ५०० जनालाई भव्य भोज

विवाहित दम्पतीको मुख्य चाहना नै सन्तान प्राप्ति हुन्छ । तर कतिपय दम्पतीहरु ठूलो प्रयासका बाबजुत पनि बच्चा जन्माउन असमर्थ हुन्छन् ।

त्यस्ता निसन्तान दम्पतीहरुले सन्तानको चाहना पूरा गर्न धर्मपुत्ररधर्मपुत्रीसमेत अपनाउने गरेको पाइन्छ । तर छिमेकी मुलुक भारतको एक निसन्तान दम्पतीले चाहिँ मान्छेको बच्चालाई नभै घोडाको बच्चा अर्थात् बछेडालाई धर्मपुत्र बनाएर सबैलाई अचम्ममा पारिदिएको छ ।

भारतको उत्तरप्रदेशस्थित शाहजहाँपुर जिल्लामा बस्ने उक्त निसन्तान दम्पतीले बछेडालाई छोरा बनाउँदै उसको मुण्डन गराउनुका साथै गाउँलेहरुलाई बोलाएर भव्य भोजभतेरसमेत गरे । उक्त भोजमा झण्डै ५ सय जना सहभागी भए ।

आफ्नै घरमा पालेको बछेडालाई आफ्नो छोराको रुपमा स्वीकार गर्दै उक्त दम्पतीले स्थानीय गोमती नदीको ललतू घाटमा लगेर विधिविधान पूर्वक पुत्रको रुपमा मुण्डन गराएका हुन् । उक्त बछेडाको नाम ललतू बाबा राखिएको छ ।

घोडाको बच्चालाई धर्मपुत्र बनाउने व्यक्तिहरु विजयपाल र उनकी पत्नी हुन् । उनीहरु बिहेको १५ वर्ष पुग्दासमेत सन्तान प्राप्त गर्न असफल रहेसँगै बाछोलाई नै छोरा बनाउने टुंगोमा पुगे ।

मुण्डन कार्यक्रममा सहभागी हुनका लागि नदी घाटसम्म पुग्न उक्त बाछोसँगै विजयपाल, उनकी पत्नी, परिवारका अन्य सदस्यहरु तथा गाउँलेहरु समेत ट्रयाक्टरहरुमा चढेर गएका थिए ।

बाछोको मुण्डन संस्कार समारोह तथा भोजमा सहभागी हुनका लागि विजयपालले ५०० भन्दा धेरैलाई बकाइदा कार्ड छापेर आमन्त्रण गरेका थिए । बुधबार बेलुका विजयको घरमा भव्य भोजको आयोजना गरिएको थियो ।अनलाइन खबरबाट साभार