आज वर्षको सबैभन्दा छोटो दिन: वृहस्पति र शनि ग्रह नजिक हुँदै, नेपालका सबै ठाउँबाट खाली आँखाले नै अवलोकन गर्न सकिने

आज वर्षको सबैभन्दा छोटो दिन:  वृहस्पति र शनि ग्रह नजिक हुँदै, नेपालका सबै ठाउँबाट खाली आँखाले नै अवलोकन गर्न सकिने

आज विन्टर सोल्सटिस हो । अर्थात्, वर्षको सबैभन्दा छोटो दिन । गत वर्ष विन्टर सोल्सटिस २२ डिसेम्बमा परेको थियो, तर यसपटक २१ डिसेम्बर अर्थात् आज परेको छ । यसअघि सन् २०१७ मा पनि विन्टर सोल्सटिस २१ डिसेम्बरमा नै परेको थियो । 

आखिर दिन छोटा र लामा किन हुन्छन् ? के २१ र २२ डिसेमबरबाहेक अन्य दिन वर्षको सबैभन्दा छोटो दिन हुनसक्छन् ? सोल्सटिसको अर्थ के हो ? यो कति प्रकारको हुन्छ । यसले मौसममा पनि केही असर पार्छ ?

सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । 

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहने बताउनुभयो ।

वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । उहाँका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।

उहाँले शनि र वृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमासहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने बताउनुभयो।