नेकपाका दुवै पक्ष विघटित प्रतिनिधिसभाका सांसदसँग छलफल गर्दै

धनगढी खबर    

नेकपाका दुवै पक्ष विघटित प्रतिनिधिसभाका सांसदसँग छलफल गर्दै

प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई पक्षले नै आज आफू निकटका सांसदहरुसँग छलफल गर्दैछन्।

प्रधानमन्त्री केपी ओलीले आफू निकटका सांसदहरुलाई साढे ९ बजे बालुवाटार बोलाएका छन्। ओलीले बोलाएको भेलामा उपत्यकामा भएका प्रदेश सांसद तथा उनी पक्षका नेताहरु पनि सहभागी हुँदैछन्। त्यसैगरी पुष्पकमल दाहाल र माधव नेपाल पक्षले पनि आफू निकटका साँसदहरुसंग छलफल गर्दैछन्।

नेकपाको आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा मध्यावधी निर्वाचन गर्ने घोषणा गरेकी छिन्। त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दुवै पक्षले आ आफ्नो रणनीति तय गर्न भेला बोलाएका हुन्।
 



सोमबार ०६, पुष २०७७ ०९:०५ मा प्रकाशित

#नेकपाको आन्तरिक कलह #प्रधानमन्त्री केपी शर्मा ओली

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस