सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली, यस्तो रहने छ आज रातिसम्मको मौसम् ?

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली,  यस्तो रहने छ आज रातिसम्मको मौसम् ?

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। 

महाशाखाका अनुसार  आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

राति सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बाँकी भू–भागमा मौसम सफा रहनेछ ।