काँग्रेसले बोलायो सर्वदलीय बैठक, प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काँग्रेसले बोलायो सर्वदलीय बैठक, प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्।

सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि संसद विघटनपछि सत्तारुढ दल नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो ।