कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उत्तम विकल्प: कमल थापा

कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उत्तम विकल्प: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् ।

सरकारले संसद विघटन गरेको र अहिले राजनीतिक परिस्थिति बारे सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम अवसर भएको बताएका छन् ।

उनले संसद विघटनको वैधानिकताको परिक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ भन्दै 'घोडा व्यापार' र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नु भन्दा निर्वाचनमा जानु नै  ठिक हुने टिप्पणी गरेका छन् ।  

संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ तर 'घोडा व्यापार' र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो ।