बेलायत यात्रामा प्रतिबन्ध लगाउने देशहरुको संख्या ४० भन्दा बढी

बेलायत यात्रामा प्रतिबन्ध लगाउने देशहरुको संख्या ४० भन्दा बढी

काडमाडौं । कोरोना भाइरसको नयाँ प्रकोप बढेसँगै बेलायतसँगको यात्रा प्रतिवन्ध लगाउने देशको संख्या ४० भन्दा बढी पुगेको छ ।

एक वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारी संसारभर फैलिएर कतिपय देशमा नियन्त्रणमा आइसकेको अवस्थामा फेरि नयाँ संक्रमणहरु बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनलेसमेत चिन्ता व्यक्त गर्न थालेको छ ।

केही साताअघि थ्याङ्स गिभिङ पर्वदेखि बेलायतमा यसको प्रकोप पुन बढ्न थालेपछि विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई बेलायत यात्रामा प्रतिबन्ध लगाएका हुन् ।

युरोपियन युनियनले पनि कोरोना संक्रमण पुनः देखा पर्न थालेपछि आगामी रणनीतिबारे छलफल गर्ने जनाएको छ ।

विभिन्न देशका विज्ञहरुले क्रिसमस र नयाँ वर्ष सुरु भएसँगै कोरोनाको माहामारी पुन बढ्ने भन्दै यसअघि देखि नै सचेतना अपनाउन विभिन्न राष्ट्रहरुलाई सुझाव दिँदै आएका छन् ।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का आपतकालीन प्रमुख माइक रायनले बेलायतमा कोरोनाको नयाँ संक्रमण नियन्त्रण बाहिर नरहेको दावी गर्नुभएको छ ।

उहाँले विभिन्न पर्वहरु नजिक आएकाले सार्वजनिक स्थलहरुमा भीडभाड बढी भएमा मात्र स्थिति नियन्त्रण बाहिर जानसक्ने भन्दै सचेतना आवश्यक रहेको बताउनुभएको छ ।

यता बेलायतमा देखा परेको नयाँ प्रकारको भाइरस इटली, नेदरल्याण्ड, डेनमार्क, अष्ट्रेलिया र दक्षिण अफ्रिकामा पनि फैलिसकेको बताइएको छ ।