र्‍यापर अराज केशवको 'मेरी लक्षिमा' सार्वजनिक (भिडियो सहित)

र्‍यापर अराज केशवको 'मेरी लक्षिमा' सार्वजनिक (भिडियो सहित)

धनगढी । चर्चित युवा र्‍यापर अराज केशवको नयाँ कोसेली ''मेरी लक्षिमा'' बोलको गित सार्वजनिक भएको छ । सुदूरपश्चिमेली भाषामा गढवालि फ्युजन रहेको उक्त गितमा स्वर चर्चित गायक शिव परियार र र्‍याप अराज केशवको रहेको छ ।

र्‍यापर अराज केशवका यस अघिका आग लागौ बाघ लागौ बैतडो जनलागौं जस्ता धेरै गितहरु पनि चर्चित छन । सुदूरपश्चिमेली भाषामा गढवालि फ्युजनमा तयार पारिएको गीतमा राम बहादुर पाल बोगटीको शब्द र चक्र बमको संगीत रहेको छ। उक्त गित अराज केशव एक्सपे्रस युट्युब च्यानलबाट श्रोतामाझ ल्याईएको छ।

सार्वजनिक भिडियोमा शुधिर श्रेष्ठ, गीता ढुंगाना र अराज केशव गिरीको अभिनय रहेको छ।  भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक विक्रम चौहानले गरेका छन । यस्तै र्‍यापर अराज केशवले ईमान्दारीता र मेहनतका साथ गित तयार पारिएको बताउदैं यो गितलाई सबै दर्शक र श्रोतालाई माया गरिदिन आग्रह गरे ।

यसैगरी गायक शिव परियारले पनि सधैको भन्दा फरक गित गाएको हुदाँ सबै दर्शक र श्रोताले माया गर्ने अपेक्षा लिएको बताएका छन ।