त्रिभुवन विश्वविद्यालयले यो वर्षको हिउँदे बिदा नदिने

त्रिभुवन विश्वविद्यालयले यो वर्षको हिउँदे बिदा नदिने

 यस बर्ष त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा रद्द गरेको छ ।

त्रिवि कार्यकारी परिषदको बैठकले यस वर्ष हिउँदे बिदा नदिने निर्णय गरेको जानकारी दिएको हो ।

कोभिड १९ का कारण गत चैतदेखि रोकिएका कक्षातथा परीक्षा अहिले सञ्चालन गरिरहेकाले कक्षा र परीक्षा सञ्चालन सहज रुपमा सक्नका लागि यो बर्ष हिउँदे बिदा नदिन लागेको हो । सुरक्षाका मापदण्ड अपनाइ भर्चुअल भन्दा भौतिक रुपमा कक्षा सञ्चालनमा जोड दिन सम्पूर्ण आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।