सेलिब्रिटीको पार्टीमा छापामारी, ऋतिककी पूर्व श्रीमती सुजैनसमेत ३४ जना पक्राउ

सेलिब्रिटीको पार्टीमा छापामारी, ऋतिककी पूर्व श्रीमती सुजैनसमेत ३४ जना पक्राउ

दिग्गज प्लेब्याक सिंगर गुरु रुंधावा र सुजैन खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । गुरु रंधावा, सुजैन खान र सुरेश रैना मुम्बईको एक क्लबमा पार्टी गरिरहेका थिए । यी तीनै सेलिब्रिटीसमेत कूल ३४ जनालाई कोभिड–१९ को उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । यद्यपि, सुरेश रैना र गुरु रंधावा, सुजैनले पछि जमानत पाए । 

कहाँ चलिरहेको थियो पार्टी ?

विमानस्थल नजिकै रहेको जेडब्ल्यू म्यारियट होटलको क्लबमा पार्टी चलिरहेको थियो । पार्टीमा उपस्थित सबै सेलब्रिटीविरुद्ध एफआईआर दर्ता भएको छ । 

मुम्बईमा अहिले पनि नाइट कर्फ्यूको स्थिती छ र यति हुँदाहुँदै पनि यो यी नाइट क्लबमा हाई प्रोफाइल पार्टी चलिरहेको थियो । 

क्लबमा बिहानको तीन बजे छापा मारिएको हो ।