प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

१३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिनुभएको हो ।

अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने उहाँले बताउनुभयो ।

आज सुनुवाइ हुने रिटमध्ये एउटा रिट ४ जना सांसदले पनि दायर गर्नुभएको छ । रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री हुनुहुन्छ ।

५ वर्ष जनताको सेवा गर्न भनी निर्वाचित भएकोमा विघटनका कारण जनताको सेवा गर्न नपाउनु मौलिक हकको हनन भएको भनी उहाँहरुले रिट दायर गर्नुभएको हो ।