७७ वटै जिल्ला सदरमुकाममा जसपाले आज प्रदर्शन गर्ने

७७ वटै जिल्ला सदरमुकाममा जसपाले आज प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

घोषणा गरिएको आन्दोलनको स्वरुप अनुसार आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रित जनप्रदर्शन गर्ने रहेको छ ।

साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै संसद अधिवेशन डाक्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।