यस्तो छ आजको दिनभरको मौसम ?

यस्तो छ आजको दिनभरको मौसम ?

काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। बिहिबार देशको तराई भू-भागका स्थानमा हुस्सु र कुहिरो लागेको छ भने उच्च पहाडी र हिमाली भू-भागमा हिमपात परेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ र  बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदलीको सम्भावना रहेको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पनि प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदलीको सम्भावना रहेको छ भने अन्य भू(भाग सामान्यतया सफा रहनेछ । त्यस्तै शुक्रबार पनि प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।