आजको मौसम: तराईमा हुस्सु र कुहिरो

आजको मौसम: तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।