धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा बस दुर्घटना

धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा बस दुर्घटना

धनगढी ।  धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडक खण्ड अन्तरगत राजपुर क्षेत्रमा बस दुर्घटना भएको छ।

धनगढीबाट अत्तरिया तर्फ गइरहेको शिवपुरी यातायातको ना ७ ख ५६९३ नम्बरको बस मोहनापुल अत्तरिया ६ लेन सडकको राजपुर क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार बस दुर्घटनामा बसमा केही क्षेती भए पनि मानवीय क्षति नभएको उहाँले बताउनु भयो ।