आगो ताप्ने क्रममा जलेर एक युवती घाइते, उपचार हुदै

आगो ताप्ने क्रममा जलेर एक युवती घाइते, उपचार हुदै

धनगढी । आगो ताप्ने क्रममा कञ्चनपुरकी एक युवती जलेर घाइते भएकी छन।

आगो ताप्ने क्रममा शरीरमा आगो लाग्दा भीमदत्त नगरपालिका–९ मटैना बस्ने १६ वर्षीया बसन्ती राउटे जलेर घाइते भएको प्रहरीले जनाएको छ। 

मानसिक अवस्था पनि ठीक नभएकी राउटे जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी  दिनुभयो ।

राउटेको पेट र छाती जलेको छ। उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।