सोलार लिफ्टीङ प्रविधिमा चट्याङले क्षति पु¥याएपछि बड्डीज्यावनमा खानेपानीको समस्या

सोलार लिफ्टीङ प्रविधिमा चट्याङले क्षति पु¥याएपछि बड्डीज्यावनमा खानेपानीको समस्या

बझाङ । बझाङको बुङगल नगरपालिका ६ बड्डीज्यावनवासीले ६ महिना देखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ प्रविधि बाट निमार्ण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा गएको असारमा चट्याङले क्षति पु¥याएपछि गाँउमा खानेपानीको समस्या भएको हो ।

सौर्य उर्जामा चट्याङले क्षति पु¥याएपछि स्थानियहरु आधा घण्टा हिंडेर गाँउ नजिकैको वेउरको पानी बोकेर पिउन बाध्य भएका छन् । पानी ल्याउनु पर्ने ठाँउ बेउर देवताको मन्दीर परिसर भित्र पर्ने भएकाले महिनावारी भएको बेला महिलाले पानी ल्याउन समस्या हुने भएको स्थानियको भनाई छ । सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको छ ।

खानेपानी आयोजना निमार्ण भए पछि विहान सबेरै उठनु परेको थिएन । घरमा खानेपानी कि छैन भन्ने चिन्ता हुदैन थियो । खानेपानी आयोजनामा चट्याङले क्षति पु¥याएपछि दुःखका दिन सुरु भएको बड्डीज्यावनकी धनमती धामीले बताईन । उनले भनिन् गाँउमा रित्ता धारा छन । पानीको निकै अभाव छ । गाँउका २५ घरधुरीले खानेपानीको अभाव झेल्नु परेको छ ।

सरसफाइको कुरै छोडौ खानेपानी पनि बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ । देउताको मन्दीर परिसर भित्र बाट पानी ल्याउनु पर्ने भएकाले महिनावरी भएको बेला हामीले जान हुदैन । कहिले काँहि पानी बोक्दा बोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाँउमा पुरुष जति कमाईको लागी घर बाहिर जाने भएकाले अधिकांस घर परिवारमा महिला मात्रै हुन्छन ।

पानी विग्रिए पछि आफुहरुले सास्ती खेप्नु परेको उनको भनाई छ । खानेपानीको अभाव भए देखि विद्यालयमा विध्यार्थीको उपस्थिति पनि न्युन हुने गरेको महादेव आधारभुत विद्यालयका शिक्षक मान बहादुर धामीले बताए । उच्च हिमाली क्षेत्र भएकाले विहानै अत्याधिक चिसो हुने गरेको छ । चिसोका कारण बाहिर निस्कन गाह्रो हुन्छ । घाम लागेपछि स्कुले केटाकेटी पानी ल्याउन जान्छन । पानी बोक्दा बोक्दै स्कुलको घण्टी बज्छ । घण्टी लागे पछि विध्यार्थीहरु स्कुल आउदैनन् ।

सौर्य उर्जा मर्मतका लागी ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना संग कुरा भएको उनको भनाई छ । जिल्ला भित्र लिफ्ट प्रविधि सम्बन्धि ज्ञान भएको दक्ष प्राविधिक नभएको कारण मर्मत हुन नसकेको परियोजनाका फिल्ड कर्मचारी रमेश बोहराले बताए । उनले भने हामीलाई समस्याका बारेमा जानकारी समयमै भएको हो । हामीले मर्मत गर्न खोजेका हौ तर के मा समस्या भएको हो भन्ने पत्ता लगाउन सकिएन ।

दक्ष प्राविधिक काठमाडौ बाट ल्याउनु पर्ने हुन्छ । साउनमा लकडाउनले गर्दा प्राविधिकले आउन मानेन । अब चाडै यस्को समस्या समाधान गरिने छ । एक बर्ष अघि ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा ३ किलोवाट क्षमताको सौर्य उर्जा बाट १५ सय मिटर तलको खोला बाट लिफ्टीङ गरि वडाका तीन गाँउमा सोलार लिफ्टीङ प्रविधि बाट खानेपानी आयोजना निमार्ण सम्पन्न भएको थियो ।