भन किन पुजुँ

भन किन पुजुँ

तिमी आफै भन भगवान् म तिमीलाई कसरी पुजूँ
मसँग भएको सन्ते दमाई र जुठे भूललाई 
बाहिरै राखी भन भगमान् म तिमीलाई कसरी पुँजू।।

मेरो घरमा दमाई  र सार्की आउन नपाउने
तर मैले उसको घरमा जाँदा कुनै अनिष्ट नहुने 
भन भगवान म यस्तो संस्कार किन मानू ।।
मान्छे छोएकी हुँ कुनै अपराध गरैको होइन
छणो हालेर चोखिने प्रयास किन गरुँ।।

धोकेबाज रामसंग बदला लिनमात्र 
सीतालाई अपहरण गर्ने 
नछोएरै सुख,दुःखको ख्याल गरी
सुन्दर बाटिकामा राख्ने
रावणलाई म किन दानव मानूँ 
श्रीमतीको अग्नी परीक्षा लिने
आफु अग्नीमा हाम फाल्न नतम्सिने
तिमीलाई म भगवान कसरी मानूँ ।।

 अर्धमको नास गर्न आएका कृष्णले
  निर्दोष द्रोपती पुत्र र अरुअरुको
  युद्धमा प्राण लिदा कर्णमाथि त्यत्रो छलगर्दा
  राधालाई प्रेम गरी रुक्मिणी अरुअरुसंग विहे गर्दा
  भन कृष्ण तिमीलाई म कसरी भगवान मानुँ ।।
   
भन किन पुजुँ वृद्धामाथि छल गर्ने विष्णु 
 तिमी  आराध्य देव कसरी हुन सक्छौ
आफ्नो लिङ्गको पनि पूजा गर्न लगाउने शिव
 पार्वती योनीबारे केही सोच्यौं९सोचेका छौ रु
 तिम्रा सबै अंग पवित्र र पुज्य भइरहदा
 पार्वतीका अपवित्र र अपुज्य कसरी भए भनु ।।

आफ्नी श्रीमतीलाई जुवाको दाउमा लगाउने 
युधिष्टर तिमी धर्मराज कसरी हुन सक्छौं
द्रोपतीको वस्त्र हरण हुदा गधा भाचेर टुलुटुलु हेरि
रहने भीम भन कसले  तिमीलाई वलवानको
उपाधी भिराइ दियो ।।

ओम शान्तिमा जाँदा विहे गर्नु हुन्न पो भन्छन् सृष्टि रोक्न खोज्ने ओमकार भन म तिमीलाई किन मानु पार्वती,लक्ष्मी,रज्वश्वला हुँदा
स्वर्गमै बस्थिन अपवित्र भएन कहिल्यै स्र्वग
म रज्वश्वला ९छाउ० हुँदा छाउगोठ जाने चलन भन
मानव किन बनायौं ? ।।

मलाई भगवान् बन्नु छैन 
मात्र असल मानव बन्नु छ ।
मलाई ढुङ्गे भगमान् पुज्नु पनि छैन
असल मानव पुज्नु छ
असल कर्म गर्ने मेरा नजरमा सबै देवता हुन्
ती सबैमा मेरो पुष्प अर्पण ।।