काठमाडौं उपत्यकामा आज यस वर्षकै  कम तापक्रम, सुदूर तराईमा हुस्सु

काठमाडौं उपत्यकामा आज यस वर्षकै  कम तापक्रम, सुदूर तराईमा हुस्सु

धनगढी।  काठमाडौं उपत्यकामा आज यस वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको हो। यसअघि पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो।

मौसम सफा भएर आकाश खुलेको कारण चिसो बढेको महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन्। उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। 

अहिले सुदूर तराईका भू–भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी स्थानको  मौसम सफा रहेको छ। दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी एक÷दुई स्थानमा हिमपात हुने सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।