चौरपाटी गाउँपालिकाको दुनीलाई बालमैत्री वडा घोषणा

चौरपाटी गाउँपालिकाको दुनीलाई बालमैत्री वडा घोषणा

अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनिलाइ आज एक कार्यक्रमका बिच बालमैत्री वडा घोषणा गरिएको छ ।

पुर्णबालमैत्री वडाको कार्यक्रम सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मंन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नु भएको हो । सुदुरपश्चिम प्रदेशकै दोस्रो वडा र अछाम जिल्लामै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासन घोषणाका रास्ट्रीय सुचक पूरा भएपछी वडालाई बालमैत्री वडा घोषणा गरिएको जनाएको छ । कार्यक्रममा विभिन्न राजनितिक दल, बिद्यार्थी, शिक्षक, स्थानीय नागरिक लगायतको सहभागीता रहेको थियो ।