काठमाण्डौ उपत्यकामा हिजो भन्दा आज न्यानो : तराईमा पातलो हुस्सु र कुहिरो

काठमाण्डौ उपत्यकामा हिजो भन्दा आज न्यानो : तराईमा पातलो हुस्सु र कुहिरो

काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो भएको छ । हिजो भन्दा तापक्रम बढेपछि आज न्यानो भएको हो । 

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री छ । हिजो काठमाण्डौको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै सबैभन्दा कम १ दशमलव ३ डिग्रीमा झरेको थियो । आज तराईका जिल्लामा सामान्य कुहिरो र हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने अहिले हल्का बादल लागेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । अरु बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा रहेको छ । पुस लागेसँगै चिसो बढ्न थालेपनि मौसम भने अनुकुल नै रहेको महाशाखाका मौसमविदको भनाइ छ । अझै केही दिन मौसम सामान्यतया सफा नै रहने महाशाखाको अनुमान छ ।