कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाको महाकाली आदर्श माध्यमिक विद्यालयमा  आगलागी

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाको महाकाली आदर्श माध्यमिक विद्यालयमा  आगलागी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको महाकाली आदर्श माध्यमिक विद्यालयमा  आगलागी भएको छ । 

नगरपालिकाको –१ चाँदनीमा रहेको उक्त विद्यालयमा आगलागी हुँदा  चार लाख रुपैयाँ बढीको क्षति भएको छ।  आगलागीबाट विद्यालयको भवन र भण्डारण गृहमा राखिएका बेन्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

विद्यालयमा आगलागी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको थियो । प्रहरी नायब उपरीक्षक थापा क्षेत्री का अनुसार आगलागी हुनुको कारण खुलेको छैन । भने  विद्यालयमा आगलागीबारे अनुसन्धानको कार्य भइरहेको उनले बताए ।