बलिदान खेर गयो, अब पार्टीको हैन देशको झन्डा बोकौँः पूर्व जनमुक्ती सेना

बलिदान खेर गयो, अब पार्टीको हैन देशको झन्डा बोकौँः पूर्व जनमुक्ती सेना

धनगढीः स्वतन्त्र पूर्व जनमुक्ति सेनाले प्रदेश स्तरीय प्रतिनिधि भेला गर्ने भएको छ । शनिवार धनगढीमा आयोजित बैठकले फागुन महिना भित्र प्रदेश स्तरीय प्रतिनिधि भेला गर्ने निर्णय गरेको हो ।

बैठकबाट केबी अयडीको संयोजकत्वमा बनेको २५ सदस्यीय समितिले प्रचार प्रसारका साथै भेलाको तयारी गर्ने जनाइएको छ ।   पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहनुभएका संजय कट्टेल ले अब नागरिकहरूले नेता र पार्टीको झण्डा नबोकेर नेपालकाको झण्डा र सामाजिक क्षेत्रको लागि अगाडी बढ्न सम्पूर्ण पूर्व स्वतन्त्र जनमुक्ति सेना तथा आम नागरीकमा आग्रह गर्नुभयो ।

साथै यो संस्था कुनै पार्टी केन्द्रित नभई सामाजिक क्षेत्रको लागि भएको पूर्व जनमुक्ति सेना कमाण्डर कट्टेलले दाबी गर्नुभयो ।

कार्यक्रम बारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘हामी कुनै राजनीतिक पार्टीमा अटाउन सक्दैनौ किन कि अब नेपालमा कुनै पनि त्यस्तो पार्टी रहेन, जहाँ हामी अटाउन सकूँ जहाँ हाम्रो उद्देश्य र लक्ष मिलोस् । हामीले नेताहरूको निम्ति नभई नेपाल आमा, देश र राष्ट्रको लागी बलिदानी  दिएका थियौँ तर त्यो पनि पानीको फोका फुटे जस्तै फुटेर गायो । सायद त्यतिबेलापनि कुनै सङ्गठनको झण्डा बोकेर राष्ट्र र जनताको मुहार फेर्ने दुस्साहस गरेकोले होला ! हो त्यसैले, हाम्रो बलिदान र भोगाई ले भन्छ अब देश विकास जनताको समुन्नत भविष्य निर्माण को कुरा आउँदा कुनै पनि पार्टी सङ्गठनको हैन देशको  भण्डा बोक्न हामी पूर्व जनमुक्ति सेनाका पदाधिकारी तथा आम नागरिकहरूमा आग्रह गर्दछौँ ।” उहाँले भन्नुभयो ।

त्यस्तै, कुनै पनि नेताले आफूहरूको (जनताहरूको) भविष्य सुनिश्चित गर्न नसक्ने कुरा आफूहरूको जीवनबाट पुष्टि भएको बताउँदै कट्टेल ले भन्नुभयो, ‘‘म पनि जनयुद्धको घाइते हो । अहिले म कृत्रिम खुट्टा लगाई रहेको छु । म जस्ता धेरै साथीहरू हुनुहुन्छ । खै हामीलाई त हेरेनन् ! हामी आफ्नो कुरा छौडौं हामीले त राष्ट्र र देशको लागी बलिदान दियौँ भनेर चित्त बुझाई रहेका छौँ तर, नेताहरूले समग्र देशवासी जनताहरूलाई आठ घण्टा काम गर्ने, आठ घण्टा मनोरञ्जन गर्ने र आठ घण्टा सुत्ने वातावरण सहजै सिर्जना गर्छौँ भनेर आश्वासन दिनुभएको थियो त्यो खै पुराएको ? अहिले काम नपाएर लाखौँ नेपाली युवाहरू बिदेसिनु परेको छ । कायौंले सडकमा भोक भोकै ज्यान गुमाउनु परेको छ ।” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले आफू घाइते हरुको व्यवस्थापन र कदर नभएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो, ‘‘हामीले ज्यानको बाजि अनि कयौँ साथीहरूले सहिद भएर आएको संवैधानिक व्यवस्था धरापमा पारे हामी चुप बस्ने छैनौँ । राजतन्त्र त हाम्रा सामु लम्पसार परेको थियो । भने नेताहरू त वीर सहिद हरूको रगत र हाम्रो पसिनामा रमाईरहेकाछन् । उहाँले भन्नुभयो ।