नेपाल कम्युनिष्ट पाटी नेकपा बझाङको पार्टी कार्यालयमा ओली पक्षद्धारा तालावन्दी

नेपाल कम्युनिष्ट पाटी नेकपा बझाङको पार्टी कार्यालयमा ओली पक्षद्धारा तालावन्दी

बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङको पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले ताला लगाएका छन । आईतबार पार्टी कार्यालय पुगेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका ओली पक्षका कार्यक्रताले सदरमुकाम चैनपुरको पानकोट स्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका हुन ।

साविकको एमालेको पार्टी कार्यालय समेत रहेको भवन अहिले नेकपाको पार्टी कार्यालय रहेको छ । देशको वर्तमान सन्र्दभमा नेपाल कम्युनिष्ट पाटी नेकपाको एकता निकै जटिल र गम्भीर मोडमा पुगिसकेको यथार्थका बीच केहि दिनदेखी निरन्तर रुपमा नेपाल कम्युनिष्ट पाटी नेकपा बझाङको पार्टि कार्यालयमा एकतर्फी गुटका छलफल लगाएत टुटफुटका गतिविधिमा सिङ्गो पार्टी कार्यालय प्रयोग भइ रहेको हुँदा तालाबन्दि गरेको अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले जानकारी दिनु भयो ।

आईतबार पाटी कार्यालयमा तालाबन्दि गर्दै ओली पक्षले न्यायलयबाट फैसला नहुन्जेल सम्म ताला नखोलीने र जिल्लामा रहेका नेता कार्यक्रताहरुलाइ कुनै पनी गुट विशेष कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन । ताला बन्दिमा अनेरास्ववियूका बझाङ जिल्ला संयोजक, पाटीका नेता तथा कार्यक्रताहरुरको सहभागिता रहेको थियो ।