आज पनि तराइमा बिहान हुस्सु, केही ठाउँको मौसममा आंशिक बदली

आज पनि तराइमा बिहान हुस्सु, केही ठाउँको मौसममा आंशिक बदली

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात भएको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

चिसो रहिरहने तथा तराई / पहाडि भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।