प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको धनगढीमा प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको धनगढीमा  प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज धनगढीसहित देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ  । धनगढीको क्याम्पस चोकदेखि विरोध ¥याली भएर ट्राफिक चौराह पुगेर ¥याली सभामा परिणत हुने नेपाली काँग्रेस कैलालीले जनाएको छ । सभालाई नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न लागेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाबाहेक सबै नेताहरू आ आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।