कैलालीका २५ सहित ,सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ

कैलालीका २५ सहित ,सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ

सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  १ सय नमूना परीक्षण गर्दा कैलालीका २५ सहित सुदूरपश्चिमका थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै गौरीगंगाका १ जना र ठेगाना नखुलेका ११ जनामा समेत संक्रमण पुष्टि भएको छ। 

उता  कञ्चनपुरमा ८ जना, यस्तै डडेल्धुरा, बाजुरा र डोटीका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।