देशभरको तापक्रम घट्दो क्रममा: तराई तथा तल्लो पहाडी भेगमा हुस्सु, सतर्कता अपनाउन अनुरोध !

देशभरको तापक्रम घट्दो क्रममा: तराई तथा तल्लो पहाडी भेगमा हुस्सु, सतर्कता अपनाउन अनुरोध !

काठमाडौं। पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको सामान्य प्रभावकै कारण तराई तथा तल्लो पहाडी भेगमा हुस्सुसमेत लाग्न थालेको छ भने उच्च पहाडी क्षेत्रमा दिनमा लुवालो र राती बरफ जम्न थालेको छ ।

महाशाखाकाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। त्यस्तै, रातीसम्म प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु र कुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ। कुहिरो र हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।