सुपर स्टार रजनीकान्तको राजनीति नगर्ने घोषणा

सुपर स्टार रजनीकान्तको राजनीति नगर्ने  घोषणा

दक्षिण भारतका सुपर स्टार रजनीकान्तले चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका छन् । 

केही समय अघि अब आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले अहिले भने चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका हुन् । आफु स्वास्थ नरहेकाले राजनीति नगर्ने निर्णयमा पुगेको उनले ट्वीट गरेर बताएका 
हुन् । 

यो निर्णय गरिरहँदा आफू निकै दुखी भएको उनको भनाइ छ । केही दिन अघि हैदरावादमा सुटिङ चलिरहेका बेला रजनीकान्तको स्वास्थ्यमा समस्या आएपछि तीन दिन अस्पताल भर्ना गरिएको थियो । 

चलचित्रमा जुन क्रूसँग उनले काम गरिरहेका थिए, त्यसमा केहीको कोरोना पोजेटिभ आएको थियो । यसअघि उनले जनावरीसम्ममा आफ्नो पार्टी सुरु गर्ने बताएका थिए ।