राष्ट्रियसभाका एक सदस्य र पाँचजना कर्मचारीलाई कोरोना पुष्टि

राष्ट्रियसभाका एक सदस्य र पाँचजना कर्मचारीलाई कोरोना पुष्टि

राष्ट्रियसभाका एकजना सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो।

शुक्रबार अपरान्ह ४ बजेका लागि राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाइएपछि राष्ट्रियसभाका सदस्य र कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएका ९७ जनामध्ये ६ जनालाई कोरोना देखिएको संसद् सचिवालयका सह(प्रवक्ता दशरथ धमलाले जानकारी दिए। 

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। आज राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।