प्रहरी नै नबस्ने तर सजिएको प्रहरी बिट !

प्रहरी नै नबस्ने तर सजिएको प्रहरी बिट !

धनगढीः कैलाली जिल्ला को गोदावरी नगरपालिका वडा नं ४ खैराना पुल नजिकै एउटा चिटिक्क परेको प्रहरी बिट छ । जो गएको असोजमा गोदावरी नगरपालिका र स्थानीयको जनश्रमदानमा निर्माण गरिएको हो ।

प्रहरी बिटको उद्घाटन पनि भयो भित्तामा लेखिएको छ “कोही छैन कानुन भन्दा माथि ,सुख दु:खमा प्रहरी नै साथी ।” तर त्यस बिटमा सुखमा होस वा दुखमा अहिले एक जना प्रहरी साथी पाइने अवस्था छैन ।

प्रहरी बिटमा प्रहरी नै बस्न छोडेपछि स्थानीय हरू लेखेर मात्रै हुन्छ ? खै प्रहरी भन्दै आक्रोश पोख्न थालेका छन् ।

सुरक्षाका दृष्ट्रिकोणले अत्यन्तै संम्बेदनशिल र राति होस वा दिनमा एक्लै हिँड्न डर लाग्ने खैराना क्षेत्रमा बिहान भाले बास्नु अगावै विद्यार्थी तथा राति अबेर सम्म स्थानीय पैदल यात्रु र सवारी यात्रुको दिनहुँ आवतजावत भई रहन्छ । तर २४ घण्टा प्रहरीको उपस्थिति रहने भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम भन्दै स्थानीयहरू ले पोखेको आक्रोश पनि स्वाभाविक मान्दा फरक नपर्ला कि ?

खैराना क्षेत्रमा प्रहरीको सकिृयता बढाउन इलाका प्रहरी कार्यालय मालाखेतीले स्थापना गरेको बिट अहिले भने सुनसान हुने गरेको यो तितो यथार्थ हो ।

पछिल्लो समय गोदावरी नगरपालिका आसपासमा चोरी डकैती, लुटपाट, महिला माथि दुब्र्यहार, लागू औषधको कारोबार बढिरहेको छ । अझ खैराना क्षेत्र त झन् गैर कानुनी कार्य को अखडा नै मानिएको छेत्र हो । तर पनि नागरीकको सुरक्षा मा लापरवाही गरीरहन्छ प्रहरी ।

खैराना जङ्गल क्षेत्रमा प्रहरीको सक्रियता खासै नहुँदा दैनिक जसो विभिन्न खाले घटनाहरू हुँदै आएका छन् । समय समयका कुनै न कुनै घटना भइरहने सो ठाउँमा शान्ति सुरक्षा मजबुत बनाइराख्न विगतदेखि नै खैरानाबासीले प्रहरी पोस्ट स्थापना गर्न राखेको माग पुरा भयो तर सुख दु:खमा प्रहरीको साथ पाउने कुरा त सपना मात्रै भएको स्थानीय बताउछन् ।

प्रहरीले बिट स्थापना गरी चौबिसै घण्टा निगरानी बढाएर अपाराधिक कृयकलापहरु न्यूनीकरण गर्ने आसा र आटका साथ सुरुवाती दिनहरूमा उपस्थिति देखाए पनि अहिले भने प्रहरी बिटमा चौबिसै घण्टा ताला लागेको देख्दा कोही छैन कानुन भन्दा माथि, सुख दु:खमा प्रहरी नै साथी लेख्न त लेख्यौ तर खै प्रहरी भन्दै प्रहरीको खोजी गर्नुपर्ने बेला आएको स्थानीय गोपाल जोशीले बताए ।

सो विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीको कमान्ड सम्हाली रहेका कार्यालय प्रमुख डिएसपी प्रेम बहादुर शाहीले  मालाखेतीमा प्रहरीको जनशक्ति अत्यन्तै न्यून रहेकाले बिटमा २४ घण्टा प्रहरीलाई राखेर निगरानी बढाउन नसकिएको बताए । साथै डिएसपी शाहीले यसका लागि आवश्यक जनशक्तिको माग गरिएको को बताए ।