सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पोजेटीभ

सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पोजेटीभ

सुदूरपश्चिममा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९८ नमुनाको  परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ देखीएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

 श्रेष्ठका अनुसार  कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना, कैलालीको धनगढी उप–महानगरपालिकाका ३ जना र बैतडीको पञ्चेश्वर गाउँपालिकाका १ जनामा संक्रमण पोजेटीभ देखीएको हो ।