हिमशिखर बुहउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सम्पन्न

हिमशिखर बुहउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सम्पन्न

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले सहकारी संस्थाहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुख मल्लले आज धनगढीमा हिमशिखर बुहउद्देश्यीय सहकारी संस्था लिमिटेडको दंशौ बार्षिक साधारण सभाको उद्घाटन गर्दै खाद्यान्न निर्यात गरिरहेको मुलुक आयत गर्नुपर्ने अवस्थामा पुगेको कृषिको आधुनिकिकरणमा सहकारी क्षेत्रले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अरु प्रदेशको तुलनामा सुदुर पश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताउनुभयो ।

लोककल्याणकारी राज्यको निर्माण गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई रहेको छ । साधारणमा सभामा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले उपमहानगरपालिकामा कृषि प्रवद्र्धन बढाउन लागेकोले र कृषि कार्यक्रम संचालन गर्न सहकारी क्षेत्रसित समन्वयन र सहकार्य गरिने बताउनुभयो । 

साधारण सभामा हिमशिखर सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले सबै शेयर सदस्यहरुले संस्थाप्रति चासो राख्नुपर्ने बताउनुभयो । दंशौ बार्षिक साधारण सभाको अवसर पारेर सो संस्थाले आज बिहान सेती अञ्चल अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गरेको थियो । साधारण सभाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य डिल्लीराज पन्त र पुर्णा जोशीले शुभकामना राख्नुभएको थियो ।