१० दिनमै हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’

१० दिनमै हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’

 काठमाडौंको न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’ हटाइने भएको छ । कोरोना कहरका कारण व्यापार व्यवसाय ठप्प भएका कारण मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर संकटा मन्दिर जाने गल्ली सिँगारिएको थियो ।

तर मान्छेको अस्वभाविक भिडभाड बढ्न थालेपछि व्यवस्थापन गर्न अफ्ठेरो भएकोले छाताहरु सबै बन्द गर्न लागिएको संकटा क्लबका सचिव आशिषमान सिंहले जानकारी दिए ।

गएको मंसिर अन्तिममा चिया गफमा बनेको योजनाले १० दिनमै पूर्णता पाएको थियो । पुस ९ गतेदेखि पुरा भएको ‘अम्रेला स्ट्रिट’ अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा पुगेको छ ।

करिव १ सय ५० मिटरमा फैलिएको ‘अम्रेला स्ट्रिट’मा ४ सय ३० वटा छाता राखिएका थिए । ‘अम्रेला स्ट्रिट’मा दैनिक १५ हजार आसपासमा मानिसहरु आउने गरेका थिए ।

छाता राखेसँगै न्यूरोडको टेबहाल गल्लि एकाएक भाइरल बनेको थियो । फेसबुक इन्स्ट्राग्राम, टिकटकमा अम्रेला स्ट्रिट भाइरल नै बनेको थियो ।