प्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

प्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको उनीहरूले आरोप लगाएका छन् । र्‍यालीका सहभागीले प्रतिनिधिसभा तत्काल पुनस्स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।