कैलाली र कंचनपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

कैलाली र कंचनपुरमा थप  १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६२ नमुनाको स्वाब परीक्षण गर्दा थप १० जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ देखीएको  हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेलौरी नगरपालिकाका ३ जनता र कैलालीको धनगढी उप–महानगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको बताए।